आईटी र म्यानेजमेन्टमा विद्यार्थीहरूकाे पहिलो रोजाइ बन्दै, मेगा कलेज अफ म्यानेजमेन्ट

आईटी र म्यानेजमेन्टमा विद्यार्थीहरूकाे पहिलो रोजाइ बन्दै, मेगा कलेज अफ म्यानेजमेन्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । कक्षा १२ को परीक्षा उत्तीर्ण गरी आईटी र म्यानेजमेन्टको क्षेत्रमा देशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा खोजिरहेका विद्यार्थीहरूका लागि पहिलो रोजाइ बन्दै छ, मेगा कलेज अफ म्यानेजमेन्ट ।

काठमाडौंको बबरमहलमा अवस्थित यस कलेजले राजर्षी जनक विश्वविद्यालयको सम्बन्धनमा बीएससी.सीएसआईटी, बीसीए र बीबीए स्नातक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई आधुनिक, व्यावहारिक र उद्योगमुखी शिक्षा प्रदान गर्दै आएको छ। आईटी र म्यानेजमेन्ट एजुकेसनलाई केवल कक्षाकोठाको सिद्धान्तमा मात्र सीमित नराखी, वास्तविक संसारको प्रयोगसँग जोड्ने उद्देश्यका साथ कलेजले आफ्नो शैक्षिक पद्धति विकास गरेको जनाएको छ।

यहाँ विद्यार्थीहरूले परियोजनामा आधारित सिकाइ, प्रयोगशाला अभ्यास, प्रस्तुतीकरण, ल्याव तथा रियल लायफ असाइनमेन्टमार्फत आफ्नो ज्ञानलाई व्यावहारिक अनुभवमा रूपान्तरण गर्ने अवसर पाउँछन्। विशेषगरी आईटीका विद्यार्थीहरूलाई वेब डेभलपमेन्ट, प्रोग्रामिङ, प्रोजेक्ट डेभलपमेन्ट तथा उदीयमान प्रविधिहरूमा व्यावहारिक सिकाइ गराइने छ।

आईटी र म्यानेजमेन्टको क्षेत्रमा आफ्नो पाइला बलियो बनाउन मेगा कलेज अफ म्यानेजमेन्ट एउटा भरपर्दो गन्तव्य साबित हुन सक्छ।

यति मात्र होइन, विद्यार्थीहरूको सीप अभिवृद्धिलाई प्राथमिकतामा राख्दै मेगा कलेज अफ म्यानेजमेन्टले वेब होस्टिङ, ट्याली, भाषा विकास, सञ्चार सीप र सीभी लेखन लगायतका अतिरिक्त व्यावसायिक तालिमहरू समेत सञ्चालन गर्दै आएको छ। यस्ता तालिमहरूले विद्यार्थीहरूलाई स्नातक तह पूरा गर्नुअघि नै कार्यस्थलका लागि योग्य बनाउने विश्वास कलेजको छ।

आधुनिक कम्प्युटर ल्याब, प्रविधियुक्त कक्षाकोठा, अनुभवी प्राध्यापक, विद्यार्थीमैत्री सिकाइ वातावरण तथा छात्रवृत्तिको अवसर मेगा कलेज अफ म्यानेजमेन्टका प्रमुख विशेषता हुन्। एआई , साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र डिजिटल इनोभेसन जस्ता समकालीन क्षेत्रमा विद्यार्थीहरूलाई सक्षम बनाउने उद्देश्यले कलेजले आफ्नो शैक्षिक संरचना निरन्तर परिमार्जन गर्दै आएको छ।

यस कलेजले बीएससी.सीएसआईटी, बीसीए र बीबीए स्नातक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई आधुनिक, व्यावहारिक र उद्योगमुखी शिक्षा प्रदान गर्दै आएको छ।

हाल कलेजमा १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने विद्यार्थीहरूले १०० भन्दा बढी शैक्षिक उपलब्धिहरू हासिल गरिसकेका छन्। साथै, पाँचभन्दा बढी मुलुकमा क्रेडिट ट्रान्सफरको अवसर उपलब्ध गराउँदै अन्तर्राष्ट्रिय शैक्षिक सम्भावनाको ढोका पनि खुला गरिएको छ।

सपना देख्नु मात्र ठूलो कुरा होइन, ती सपनालाई पखेटा दिने सही शैक्षिक संस्थाको छनोट गर्नु झनै महत्त्वपूर्ण हुन्छ। तसर्थ, आईटी र म्यानेजमेन्टको क्षेत्रमा आफ्नो पाइला बलियो बनाउन मेगा कलेज अफ म्यानेजमेन्ट एउटा भरपर्दो गन्तव्य साबित हुन सक्छ।

Logo