कर्पोरेट लिडरको उद्गमथलो, टेक्सास इन्टरनेशनल कलेज

कर्पोरेट लिडरको उद्गमथलो, टेक्सास इन्टरनेशनल कलेज

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । आजभन्दा डेढ दशकअघि, अर्थात् सन् २०१० मा काठमाडौंको मित्रपार्कमा एउटा शैक्षिक क्रान्तिको विजारोपण भएको थियो, टेक्सास इन्टरनेशनल कलेज । समर्पित शिक्षाविद् र सफल उद्यमीहरूको एउटा दूरदर्शी समूहले १५ वर्षअघि रोपेको त्यो एउटा सानो बिरुवा आज एक विशाल र भरपर्दो शैक्षिक वृक्ष बनिसकेको छ ।

हाल टेक्सास केवल एउटा कलेज मात्र होइन, बरु नेपालमा गुणस्तरीय शिक्षा, लोभलाग्दो करियर र बालमैत्री एवं सहयोगी सिकाइ वातावरण खोज्ने हजारौँ विद्यार्थीहरूको पहिलो रोजाइ र साझा चौतारी बनेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सास इन्टरनेशनल कलेजले स्नातक तहमा बीएससीसीएसआईटी, बीसीए, बीबीएस, बीबीएम तथा बीएएसडब्ल्यू कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कलेजको प्रमुख विशेषता सैद्धान्तिक अध्ययन र व्यवहारिक सिकाइको प्रभावकारी संयोजन हो। आधुनिक शिक्षण पद्धति, परियोजनामुखी अध्ययन, प्रयोगात्मक अभ्यास तथा बजारको आवश्यकताअनुसारको पाठ्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक जीवनका लागि तयार पार्छ। साथै, क्रेडिट ट्रान्सफर सुविधा उपलब्ध भएकाले विद्यार्थीले विदेशमा समेत उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्छन्।

टेक्सास केवल एउटा कलेज मात्र होइन, बरु नेपालमा गुणस्तरीय शिक्षा, लोभलाग्दो करियर र बालमैत्री एवं सहयोगी सिकाइ वातावरण खोज्ने हजारौँ विद्यार्थीहरूको पहिलो रोजाइ र साझा चौतारी बनेको छ ।

टेक्सास इन्टरनेशनल कलेजले आधुनिक पूर्वाधारलाई पनि विशेष प्राथमिकता दिएको छ। एआई तथा रोबोटिक्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याबहरू, ई-लाइब्रेरी, स्मार्ट कक्षाकोठाहरू, निःशुल्क वाइफाइ, करियर सेवाहरू, होस्टेल तथा कोचिङ, र क्याफेटेरिया जस्ता सुविधाहरूले विद्यार्थीहरूलाई विश्वस्तरीय सिकाइ वातावरण प्रदान गर्दै आएका छन्।

विद्यार्थीको करियर विकासलाई केन्द्रमा राख्दै कलेजले इन्टर्नसिप, इम्प्लाेयमेन्ट काउन्सिलिङ तथा करियर काउन्सिलिङको व्यवस्था गरेको छ। यसले विद्यार्थीलाई अध्ययनपछि प्रतिस्पर्धी रोजगार बजारमा सफल हुन आवश्यक सीप र आत्मविश्वास प्रदान गर्ने कलेजकाे दाबी छ ।

यदि तपाईं पनि आईटीको संसारमा आफ्नो भविष्य चम्काउन चाहनुहुन्छ वा एक सफल म्यानेजर वा उद्यमी बन्न चाहनुहुन्छ भने, टेक्सास तपाईंको त्यो सपनालाई साकार पार्ने सबैभन्दा उत्तम र भरपर्दो माध्यम बन्न सक्छ ।

Logo