अन्तर्राष्ट्रिय डिग्री र सहज क्रेडिट ट्रान्सफरको अवसर दिलाउने एमआईटी कलेज

अन्तर्राष्ट्रिय डिग्री र सहज क्रेडिट ट्रान्सफरको अवसर दिलाउने एमआईटी कलेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कमलादीमा अवस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) केवल एउटा कलेज मात्र होइन, अन्तर्राष्ट्रिय शिक्षातर्फ नेपाली विद्यार्थीलाई अघि बढाउने विश्वासिलो शैक्षिक गन्तव्य पनि हो। अमेरिकाकाे इन्टरनेसनल अमेरिकन युनिभर्सिटीसँगको शैक्षिक सहकार्यले एमआईटीलाई नेपालमै बसेर विश्वस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट अवसरका रूपमा स्थापित गरेको छ।

विश्वव्यापी प्रतिस्पर्धाको युगमा केवल डिग्री पर्याप्त हुँदैन, आवश्यक हुन्छ अन्तर्राष्ट्रिय सोच, व्यावहारिक सीप र नेतृत्व क्षमता। एमआईटीले यही आवश्यकता बुझेर आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली, उद्योगसँग जोडिएको सिकाइ र विश्वस्तरको पाठ्यक्रममार्फत विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाइरहेको छ।

एमआईटीमा अध्ययन गर्ने विद्यार्थीले स्नातक तहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) तथा ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम अध्ययन गर्न सक्छन्। यी कार्यक्रमले विद्यार्थीलाई नेपालमै बसेर अमेरिकन शिक्षा प्रणालीको अनुभव दिलाउनुका साथै आवश्यकताअनुसार सहज क्रेडिट ट्रान्सफरमार्फत अमेरिकामा अध्ययनलाई निरन्तरता दिने अवसरको ढोका खोलिदिन्छ।

एमआईटीले आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली, उद्योगसँग जोडिएको सिकाइ र विश्वस्तरको पाठ्यक्रममार्फत विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाइरहेको छ।

एमआईटीको शिक्षण पद्धति केवल पाठ्यपुस्तकमा सीमित छैन। यहाँ केस स्टडी, व्यावहारिक कम्प्युटर तालिम, समूह प्रस्तुतीकरण, अनुसन्धानमा आधारित शोधपत्र, उद्योग विज्ञहरूको लेक्चर तथा शैक्षिक भ्रमणजस्ता अभ्यासमार्फत विद्यार्थीहरूलाई वास्तविक कार्यक्षेत्रसँग जोडिन्छ।

यति मात्र होइन, विद्यार्थीहरूको रचनात्मक सोचलाई व्यावसायिक योजनामा रूपान्तरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले कलेजभित्रै नवाचार संस्कृति र बिजनेस इन्क्युबेसनको अवधारणालाई प्राथमिकता दिइएको छ।

Logo