इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजले मार्च २०२१ ईनटेकमा भर्ना भएका १११ जना बिएचएम र बिटिटिएमका विद्यार्थीहरुलाई औपचारिकरुपमा स्वागत गरेको छ । काठमाडौँको होटल एलोफ्टमा एक ओरेन्टियसन कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई कलेजले स्वागत गरेको हो।
विद्यार्थीहरुलाई कलेजको बारेमा सम्पूर्ण जानकारी, उनीहरुको कोर्ष के कस्ता छन्, उनीहरुले पालना गर्नुपर्ने नियम के के हुन्, कलेज सकिएपछि भावि दिनमा उनीहरु कस्ता सर्टिफिकेटहरुबाट दीक्षित हुनेछन् भन्ने यावत् विषयहरुको बारेमा अवगत गराइएको कलेजका सिइओ नरेन्द्र बज्राचार्यले बताए।
३ वर्षको अवधिमा कलेजले एकेडेमिक मात्र नभई गु्रमिङ, प्रिजेन्टेसन स्किल, क्रियटिभिटी टेक्निक लगायतका कुराहरु प्रदान गर्ने भएकोले आजको प्रतिस्पर्धात्मक समयमा तुलनात्मकरुपमा अरु कलेजका विद्यार्थीहरु भन्दा आईएसटीका विद्यार्थी बढी योग्य ठहरिने कलेजका डाईरेक्टर तेजबहादुर ढकालले बताए । निकै सर्वसुलभ मूल्यमा नेपालमै बसि बसि युरोपियन डिग्री प्राप्त गर्न सकिने भएकोले विद्यार्थी तथा अभिभावक दुवै सन्तुष्ट रहेको उनको विश्वास छ।
त्यसैगरी बिएचएम र बिटिटिएमका नयाँ १११ जना विद्यार्थीहरुलाई यो हप्ताभरि नै ओरेन्टियसन प्रदान गरिने कलेजकी प्रिन्सिपल सम्झना बस्नेतले बताइन् । यसरी प्रदान गरिने ओरिन्टियसनले कोर्षमा जानु भन्दा पहिले नै विद्यार्थीहरुले होटल ईन्डस्ट्रि के हो, टुरिज्म के हो भन्ने विषयमा जानकारी बटुल्न सक्ने प्रिन्सिपल बस्नेतको भनाइ छ।

ओरेन्टियसनको क्रममा विद्यार्थीहरुले एलोफ्ट होटलको अवलोकन गरेका थिए । स्थापनाको छोटो समयमा नै निकै चर्चा पाएको होटल म्यारियरको चेन होटल एलोफ्टको अवलोकनको क्रममा विद्यार्थीहरुले प्रत्यक्षरुपमा उक्त होटल कसरी संचालन गरिएको छ भनि बुझ्न पाएका थिए। अब यो हप्ता भरि विद्यार्थीहरुले विभिन्न तारे होटल तथा हेरिटेज साईटहरुको अवलोकन गर्नेछन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला





























प्रतिक्रिया