नपढेपनि पास गर्ने पारिपाटीले मुलुकलाई ठूलो क्षतिः बोर्ड अध्यक्ष पौडेल

नपढेपनि पास गर्ने पारिपाटीले मुलुकलाई ठूलो क्षतिः बोर्ड अध्यक्ष पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । 

एसईईको नतिजापछि अध्यक्ष पौडेलले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाइस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए । उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्याङ्कन हुन नसक्ने धारणा राखे । 

विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनको भनाइ थियो ।

शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको विचार राख्दै उनले परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गरे ।

राजनीतिक नेतृत्वले यो बारेमा बेलैमा नसोचे यसले देशको शिक्षा प्रणाली र मुलुकको विकास प्रक्रियामा गम्भीर असर पार्ने पौडेलको भनाइ छ।

त्यसैगरी उनले कक्षा १२ को परीक्षा बोर्डले सम्पूण तयारीका साथ गर्न चाहेर पनि सरकारको निर्देशनका कारण हुन नसकेको विवशता पोखे । यस वर्ष कक्षा १२ को परीक्षा जेठमा हुने भनिएको परीक्षा आउँदो साउन ३१ गतेबाट हुने भनि तोकिएको थियो । 
 

Logo