एसइई पास गरेका विद्यार्थीलाई निःशुल्क सिम, ३० दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस

एसइई पास गरेका विद्यार्थीलाई निःशुल्क सिम, ३० दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस

केन्द्रबिन्दु
0
Shares

नेपाल टेलिकमले एसइई पास गरेका विद्यार्थीका लागि ‘एसइई अफर’ ल्याएको छ, जस अन्तर्गत उनीहरूले निःशुल्क सिम सहित ‘स्टुडेन्ट रजिस्ट्रेसन प्याक’ का रूपमा भ्वाइस, डेटा र एसएमस प्याकेज निःशुल्क प्राप्त गर्नेछन्। 
  
उक्त ‘स्टुडेन्ट रजिस्ट्रेसन प्याक’बाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिनेछ। विद्यार्थीहरूले नेपाल टेलिकमका देशभरका कार्यालयबाट सिम लिन सक्नेछन्।

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ। 

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अन्य परिचय पत्रको फोटोकपी संलग्न गरी फारम भर्नु पर्नेछ।

एसइई पास गरेका विद्यार्थीले सिम लिइसकेपछि ‘स्टुडेन्ट रजिस्ट्रेसन प्याक’ प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ८१६००३ मा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ। 

यो अफर अन्तर्गतको नयाँ सिममा ‘बोनस अन रिचार्ज प्याक’ समेत उपलब्ध गराइएको छ। सो प्याक अन्तर्गत ५० रूपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने छ।

६ महिनासम्मको रिचार्जमा उपलब्ध हुने यो सुविधा विद्यार्थीले ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ। 

विद्यार्थीहरूले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा ‘स्टुडेन्ट रजिस्ट्रेशन प्याक’ सुविधा उपयोग गर्नुपरेमा प्रयोग गरिरहेको सिमबाट ८१४१५३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ।

‘एसइई अफर’ सहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुनेछ।

Logo