काठमाडौंमै बेलायती विश्वविद्यालयको पाठ्यक्रम शुभारम्भ

काठमाडौंमै बेलायती विश्वविद्यालयको पाठ्यक्रम शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

नेपाली विद्यार्थीहरुले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् । 

ललितपुरस्थित एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड मेनेटमेन्ट (एआईटिम) कलेजले बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रमहरु समावेश गरेर पठनपाठन सुरु गरेसँगै नेपाली विद्यार्थीहरुलाई सो अवसर प्राप्त भएको हो । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट्टले संयुक्त रुपमा सो कार्यक्रम उद्घाटन गर्दै बाह्य मुलुकमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा नेपालले पनि सो कलेजमार्फत् उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । 

कलेजका सिईओ डा. रोशन राठीले कलेजले सधैं उच्च गुणस्तरको अन्तराष्ट्रिय शिक्षा प्रदान गरेको र आगामी दिनमा पनि बर्मिङहम सिटी युनिभर्सिटीमार्फत् नेपाल बाहिरबाट पनि विद्यार्थीहरुलाई आकर्षित गर्न सकिने विश्वास समेत व्यक्त गरे। 

एआईटिम कलेजले अन्तराष्ट्रिय स्तरको व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमहरुको अध्यापन गराउँदै आएको छ ।   

Skip This
Skip This
Logo