सार्वजनिक विद्यालयका कर्मचारीहरूलाई ६० वर्षे उमेर हद

सार्वजनिक विद्यालयका कर्मचारीहरूलाई ६० वर्षे उमेर हद


शिक्षा तथा मानवस्रोत केन्द्रले सार्वजनिक विद्यालयका कर्मचारीको उमेर हद तोकेको छ। केन्द्रले आइतबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको बताएको छ।

केन्द्रले देशभरका सम्पूर्ण स्थानीय तहका साथै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै उक्त निर्देशन जारी गरेको हो। 

केन्द्रद्वारा जारी  सूचनामा भनिएको छ, ‘विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह ६० वर्ष हुने र सोको निर्देशन सबै क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयमा दिनु भन्ने मिति ०६९ मंसीर १० गतेको माननीय मन्त्रीस्तरीय निर्णय भएकोले सोही अनुसार गर्ने गराउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ।’

Logo