काठमाडौं ।
‘एकेडेमिक एक्सिलेन्ट थ्रु क्वालिटी एजुकेशन’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै नेपालको शैक्षिक जगतमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको कलेज हो, काठमाडौं मोडल कलेज अर्थात केएमसी ।
२० वर्ष अघि काठमाडौंको बागबजारमा स्थापित केएमसीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । ‘उत्कृष्टताको निरन्तरता’ भन्ने मान्यताका साथ संचालित यस कलेजले प्रयोगात्मक विधिबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको कुरा सर्वविदितै छ ।
भिडियोमा :
उत्कृष्ट नतिजाको पर्याय बन्न सफल केएमसीलाई नेपाल सरकार शिक्षा मन्त्रालयले २०७४ सालमा सर्बोकृष्ट नतिजा ल्याए बापत निजीतर्फको उत्कृष्ट उच्च मावि घोषणा गरेको थियो ।
गुणस्तर शिक्षाको निरन्तरताकै कारण आम विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल यस कलेजमा हाल ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने करिव १६ हजार विद्यार्थीले उत्कृष्ठ नतिजाका साथ सफलता हात पारिसकेका छन् ।
उच्च शिक्षा अध्ययनका लागि लिइने इन्ट्रान्स एक्जामहरुमा सबैभन्दा धेरै केएमसीका विद्यार्थीहरुले नाम निकालेर इतिहास रच्न सफल भएका छन् ।
कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनसँगै केएमसीले अनलाइन क्लास संचालन गर्दै आएको छ । २१ औं शताब्दीको माग अनुसारको शिक्षा प्रदान गर्दै आएको यस कलेजले अध्ययन अध्ययापनलाई थप प्रविधिमैत्री बनाउदै लगेको छ ।
आधुनिक वातावरणमा गुणस्तरीय र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार अध्ययन अध्यापनका लागि केएमसीले सुविधा सम्पन्न नयाँ अत्याधुनिक भौतिक संरचना खडा गरेको छ ।































प्रतिक्रिया