शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ अक्षरांकन निर्देशिका-०७८ जारी गरेको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अब बिद्यालय तह (कक्षा १ देखि १२ सम्म)मा कुनै पनि विषयमा ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गरे माथिल्लो कक्षा अध्ययन गर्न नपाइने व्यवस्था गरेको छ।
मन्त्रालयको नयाँ मापदण्डमा विगतमा प्रयोग हुँदै आएको ‘ई’ र ‘डि प्लस’ ग्रेड हटाइएको छ भने ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र नदिने तथा अवर्गिकृत (नट ग्रेडिङ) उल्लेख गरिने जनाएको छ ।
नयाँ निर्देशिकाले जारी गरेको जीपीए प्रणालीमा (४.० जीपीए) लाई सर्वाेत्तम, (३.६ जीपीए)लाई अतिउत्तम, (३.२ जीपीए)लाई उत्कृष्ट (२.८ जीपीए)लाई उत्तम (२.४ जीपीए) लाई सन्तोषजनक (२.० जीपीए) लाई ग्राह्य तथा (१.६ जीपीए) लाई आधारभूत मानिएको छ।
विद्यार्थीले परीक्षामा विषयगत रुपमा सैद्धान्तिकतर्फ न्युनतम ‘डी’ र आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेको छ।
दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त नगर्ने विधार्थीलाई अर्को वर्ष सबै विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने ब्यवस्था गरिएको छ।





























प्रतिक्रिया