नेपालय कलेजको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

नेपालय कलेजको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न


राजधानी स्थित कलंकीमा रहेको नेपालय कलेजले ११ कक्षाका विधार्थीको  स्वागत तथा १२ कक्षाका विधार्थीको बिदाइ २०७८ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शनिवार कमलादी, प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई स्वागत र बिदाइ गरेको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्याल प्रमुख आतिथ्यता रहेको थियो । 

शुभकामना मन्तव्य कलेजका दिने क्रममा कलेजका प्रिन्सिपल कृष्ण प्रसाद डोटेलले कलेजले भविष्यमा व्यावहारिक विधिमा आधारित भएर शिक्षण विधि अपनाउने बताए । कलेज टिम ग्लोबल स्कुल बनाउन लागी परेको उनको भनाई छ । 

सदस्य सचिव दुर्गा प्रसाद अर्यालले मन्तव्य राख्ने क्रममा नेपालको शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराएका छन् । प्रमाणपत्रलाई बाकसमा बन्द गरेर खाडी मुलुकमा रोजगारीका लागी जानुपर्न बाध्यात्मक अवस्था नेपाली विद्यार्थीले भोग्नु परेको र अब यसको विकल्प खोज्नु पर्न बेला आएको उनको बुझाइ रहेको छ ।  

उक्त  कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए  । विभिन्न विद्यार्थीहरूले नेपालको संस्कृतिलाई थप उजागर गर्ने उद्देश्यले विभिन्न कलात्मक प्रस्तुति देखाएका थिए । 

कार्यक्रममा विभिन्न व्यक्तित्वलाई नेपालय विशेष सम्मान, नेपालय विद्यार्थी सम्मान २०७८ लगायतका अवार्ड समेत प्रदान गरिएको थियो ।

Logo