इस्लिङटन कलेजमा होली विशेष कार्यक्रम

इस्लिङटन कलेजमा होली विशेष कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

इस्लिङटन कलेजले विद्यार्थी, शिक्षक र कर्मचारीको साथमा रङको उत्सव होली मनाएको छ । कलेजले कोभिड–१९ का कारण विगत दुई वर्षदेखि रोकिएको होली यसवर्ष मनाएको हो । 

धोबीधारास्थित कलेजको कुमारीहलको ब्लकमा आयोजना गरेको होली कार्यक्रममा विभिन्न खेलकुद, फुड स्टल, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कलेज कर्मचारी, विद्यार्थी र शिक्षक, विभिन्न क्षेत्रका व्यक्तित्वलाई आमन्त्रित गरि मनाइएको होली उत्सव–२०२२ मा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।


 
कलेजले हरेक वर्षमा मनाउने यो पर्व विगत दुई वर्ष यता मनाउन सकेको थिएन । कलेजको क्यालेण्डर अनुसार मनाइएको होलीमा कलेजका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभिन्न विभागीय प्रमुख, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । 
 
विद्यार्थी र शिक्षक र कर्मचरीबीचको सम्बन्ध प्रगाढ पार्न र उत्सवलाई थप मनोरञ्जन गर्न कलेजले होली सेलिब्रेसन आयोजना गरेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए ।

विशेषगरी पढाईको अलावा सबैलाई परिवारको सदस्यको रुपमा परिचय गराउन सबै सँगसँगै होली मनाउने प्रचलनअघि बढाएको कलेजको भनाइ छ । कलेजले आयोजना गरेका कार्यक्रममा सबैले भरपुर मज्जा लिएका थिए ।  

Logo