ईस्लिङटन कलेजले स्थापनाको रजत जयन्ती मनाएको छ । यस अवसरमा यात्रामा साथ दिने शुभचिन्तक तथा कलेज सञ्चालनका लागि सहयोग गर्ने व्यवस्थापक, प्राध्यापक, विद्यार्थी र अभिभावकहरुप्रति कलेजले आभार व्यक्त गरेको छ।
‘स्थापनाको २५ वर्षमा हामीले शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गर्दै आएका छौं । सन् १९९६ मा स्थापना भएको ईस्लिङ्टन आईटी र व्यवस्थापन संकायमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज हो । तीन सय बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उतीर्ण हुँदै आएका छन् ।’ कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस कलेजले २५ वर्षको अवधिमा ५५०० भन्दाबढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । ईस्लिङटन कलेजबाट उतीर्ण भएका विद्यार्थीहरु नेपालको घरेलु बजारमा अत्याधिक खोजी हुँदै आएका छन् । स्वदेशमा मात्र नभइ बिदेशमा पनि उनीहरुको प्रदर्शन अब्बल दर्जाको हुने गरेको छ। कोटिभिटीका प्रवन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जा भन्छन्, 'ईस्लिङटनबाट उतीर्ण भएकाहरु प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व थिए । उनीहरुमा विशेष ज्ञान थियो ।'
आधुनिक प्रविधि, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार ईस्लिङटन कलेजमा उपलब्ध छ।
ईस्लिङटन कलेजले नवीन शिक्षाको दाबी गर्छ । हामीसँग आवद्ध प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरु नयाँनयाँ खोज र अनुसन्धानमा विश्वास गर्छन् । जसले सिकाई र पढाईमा नौलोपन ल्याउने मात्र हैन, नयाँनयाँ सोचको विकाससमेत गरिदिन्छ । आईटी र व्यवस्थापन संकायमा कलेजले वर्षेनी दक्ष र बजार सुहाउँदो जनशक्ति उत्पादन गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।





























प्रतिक्रिया