प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा मुरलीधर दाहालको प्यानल नै विजयी

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा मुरलीधर दाहालको प्यानल नै विजयी

केन्द्रबिन्दु
0
Shares

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा मुरलीधर दाहाल नेतृत्वको प्यानल नै विजयी  भएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट सहप्राध्यापक मुरलीधर दाहालको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएको छ । 

डा. मुकुन्द लामिछाने नेतृत्वको समूहलाई पराजित गर्दै दाहालको समूह प्यानल नै विजयी भएको हो ।   समितिको उपाध्यक्षमा डा। भवानीशंकर अधिकारी, सचिवमा डा। रामप्रसाद पौडेल, सहसचिवमा शान्तरत्न बज्राचार्य र कोषाध्यक्षमा डा। नारायण निरौला निर्वाचित भएका छन् ।   

त्यस्तै समितिका सदस्यहरूमा डा. ध्रुवप्रसाद भट्टराई,  हीरानन्द तिमल्सिना, रामहरि कोइराला, चिन्तामणि भट्टराई, सुरेशराज पौडेल, नेत्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिको पनि चुनाव सम्पन्न भएको छ । जसअन्तर्गत दाहाल पक्षबाट १३ जना निर्वाचित भएका छन् ।   जसमा अच्युत लामिछाने, अर्जुनबाबु दाहाल, उमेशप्रसाद घिमिरे, कृष्ण रिजाल, डा। गणेशप्रसाद घिमिरे, डा। जयन्त आचार्य, डा। धनेश्वर नेपाल, डा।ध्रुवप्रसाद भट्टराई, नारायणप्रसाद बराल, रामहरि कोइराला, रोदना घिमिरे, डा। शान्तिकृष्ण अधिकारी र सीताराम खतिवडा निर्वाचित भएका छन् । 

त्यसैगरी, लामिछाने प्यानलबाट चार जना निर्वाचित भएका छन् । जसमा ध्रुव ज्ञवाली, विमला शर्मा, शम्भुराज गौतम र डा। माधव पाण्डे छन् ।

Logo