संस्कारयुक्त शिक्षा दिने उद्देश्य लिएको विद्यालयको नाम अक्षरा स्कुल हो। सुन्दर, शान्त, वातावरणमा काठमाडौंको कागेश्वरी मनहरामा २३ रोपनी क्षेत्रफलमा फैलिएको अक्षरा स्कूल सन् २०११ मा स्थापना भएको हो।

सुविधासम्पन्न भौतिक पूर्वाधारले सुसज्जित अक्षरा स्कुलमा कक्षा १ देखि १० सम्म पढाई हुँदै आएको छ। विद्यालय भनेको शिक्षा हासिल गर्ने मात्र नभइ, संस्कारको भण्डार पनि हो । विद्यालय दोस्रो घर पनि हो । विद्यालयस्तरको शिक्षाले विद्यार्थीको भविष्यको रुपरेखा कोर्ने भएकाले अक्षरा स्कूल बलियो पिलरका रुपमा रहेको छ ।
युग सुहाउँदो शिक्षण पद्दती अँगालेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त अक्षरा स्कूल, विद्यालयको भिडमा पृथक छ। बालबालिकामैत्री वातावरणमा अध्यापन गराउने भएकाले अक्षरा–विद्यार्थी–अभिभावकबीचको सम्बन्ध सुमधुर छ। अक्षरा स्कूलले एल.आर.पी.ए मोडल अर्थात लर्निङ, रिइनर्फोसमेन्ट, प्राक्टिस, एप्लिकेशन अनुशरण गर्दै विद्यार्थीलाई तनावमुक्त वातावरणमा पठनपाठन गराउने गरेको छ ।

( एल. अर्थात लर्निङ विधि : यसमा विद्यार्थी कक्षा कोठामा पढाइने अवधारणा तथा सिक्ने विधिलाई केन्द्रित गरिएको ।)
(आर. अर्थात रिइनर्फोसमेन्ट : यस अवधारणाले विद्यार्थीलाई पढाइने क्रममा अडियो भिजुअल माध्यम अपनाइने ।)
(पी. अर्थात प्राक्टिस : प्रोजेक्ट वर्क पाठ्यक्रम लगायत विभिन्न अभ्यासमा विद्यार्थीलाई केन्द्रित गर्ने
ए अर्थात एप्लिकेशन : वास्तविकतामा आधारित हुने अवधारणा)
अक्षरा स्कूलले आधुनिक शिक्षण पद्दतिमा पठनपाठन गराइने घोक्नेभन्दा पनि पाठ्यक्रमलाई बुझेर अनुशरण गर्न जोड दिएको छ। विद्यालयमा शिक्षा दिने अध्यापकको पनि उत्तिकै महत्व भएकाले समय समयमा शिक्षक/शिक्षिकालाई समेत नविनतम शिक्षण पद्दतीको तालिम दिन अक्षरा स्कूलले जोड दिएको छ। स्कूलले विद्यार्थीका अभिभावकको सहभागितालाई प्राथमिकता दिँदै विभिन्न गतिविधिसमेत समावेश गर्दै आएको छ।

विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र नभएर सिर्जनात्मक, अनुसन्धनात्मक, क्षमतावान् र जिज्ञासु बनाउँदै अक्षरा स्कूलले अध्ययन अध्यापन गराउने गर्दछ । अक्षराले आफ्ना सबै कक्षा कोठामा अत्याधुनिक प्रविधि जडान गरेको छ । पाठ्यक्रमसँग सम्बन्धित विषयवस्तुहरु कम्प्युटर, ल्यापटप, प्रोजेक्टर जस्ता सामग्रीको प्रयोग गर्दै अक्षराले आफ्ना कक्षा सञ्चालन गर्दै आएको छ। ल्याबमा रहेका ६० वटा कम्प्युटरमा इन्टरनेट जोडिएको छ। अध्ययनसँगै प्रयोगात्मक कक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई सम्झन सहज हुने गरेको छ। विद्यार्थीको स्वास्थ्यलाई विशेष ध्यानमा राखेको अक्षरा स्कूलले स्वच्छ, सफा, शुद्ध खाना, खाजाका लागि स्वस्थ क्यान्टिनको व्यवस्था गरेको छ।

अक्षरा स्कूलले विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको छ। फुटबल, बास्केटबल, क्रिकेट, टेबल टेनिस, गीत, संगीत, तेक्वान्दो, नृत्य, फोटोग्राफी लगायत अतिरिक्त क्रियाकलाप स्कूलले समावेश गरेको छ। स्कूलले काठमाडौंको जुनसुकै स्थानबाट विद्यार्थीका लागि यातायातको सुविधा उपलब्ध गराएको छ।
अक्षरा स्कूलमा साइन्स ल्याब, स्वास्थ्य सेवा, खेलकुदका लागि पर्याप्त मैदान, लगातयको व्यवस्था गरिएको छ। यो स्कूलले आफ्ना विद्यार्थीलाई बाौद्धिक सल्लाह सुझाव दिनुका साथै फिल्ड ट्रिप, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुर, गेष्ट लेक्चरको सेसन जस्ता गतिविधिमा सहभागि गराउँदै आएको छ।
अक्षरा स्कूलको शिक्षण विधि मात्र नभएर आधुनिकस्तरका भौतिक पूर्वाधारले विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गरेको छ। विद्यालय शिक्षा सुनौला सिकाई सामाजिक सांस्कृतिक पक्ष समेट्दै संस्कारयुक्त शिक्षा दिन अक्षरा स्कूल प्रतिबद्ध छ।





























प्रतिक्रिया