जेठबाट सातामा दुई दिन शिक्षण संस्था बिदा

जेठबाट सातामा दुई दिन शिक्षण संस्था बिदा


शिक्षा मन्त्रालयले आगामी जेठबाट सातामा दुई दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्थाको हकमा के गर्ने भन्ने बहस चलेको थियो । 

सातामा दुई दिन बिदा दिँदा शैक्षिक क्यालेण्डर प्रभावित हुने भन्ने कोणबाट पनि कुरा उठिरहेको थियो । तर शिक्षा मन्त्रालयले भने सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

जसअन्तर्गत अब बाँकी ५ दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शिक्षणसंस्था खुल्नेछन् भने शुक्रबार पुरा समय पठनपाठन हुनेछ । तर हिउँदे, वर्षे बिदा, स्थानीय लगायतका बिदा भने कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने निर्णय मन्त्रालयले गरेको छ ।

विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सिटिइभिटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्नेछ ।
 

Logo