पहिले गरेका सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

पहिले गरेका सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन । सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेशागत स्थायित्वको पनि माग गरेका छन ।

यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन ।
आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि गर्न खोजिएमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग मन्त्रालयले गरेका सहमति कार्यान्वयन गर्न माग गरेका छन ।

Logo