‘स्टडी इन इन्डिया एक्स्पो’ मा पहिलो दिनमै १५ सय बढीले गरे अवलोकन (फोटो फिचर)

‘स्टडी इन इन्डिया एक्स्पो’ मा पहिलो दिनमै १५ सय बढीले गरे अवलोकन (फोटो फिचर)


काठमाडौंमा बिहीबारदेखी सुरु भएको  ‘स्टडी इन इन्डिया एक्स्पो’ मा पहिलो दिनमै १५ सय बढीले अवलोकन गरेका छन् । 

अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाडौंस्थित होटल र्‍याडिसनमा हिँजोदेखी बृहत शैक्षिक मेला सुरु भएको हो । दुई दिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामको सो शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको सहभागित रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा नहोस् भन्ने हेतुले दुई सयभन्दा बढी कोर्सहरूका बारेमा जानकारी प्रदान गर्ने लक्ष लिइएको छ । 

नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरू, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरूका बारेमा विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइएको छ । मेलामा तीन हजार विद्यार्थीहरूले अवलोकन गरि भारतको नाम चलेका विश्व विद्यालयहरुको बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक कुमार थपलियाले बताए ।

Logo