क्यानेडियन दूतावास उच्च अधिकारी र उत्कृष्ट कलेजका प्रतिनिधिहरु एकै पटक नेपालमा

क्यानेडियन दूतावास उच्च अधिकारी र उत्कृष्ट कलेजका प्रतिनिधिहरु एकै पटक नेपालमा

केन्द्रबिन्दु
0
Shares

क्यानडा सरकारका उच्चअधिकारी र उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरुले पहिलो पटक नेपालमा शैक्षिक परामर्श दिएका छन् ।

भारतको नयाँदिल्लीमा रहेको दूताबासका उच्च अधिकारी र क्यानडामा रहेका उत्कृष्ट २४ कलेज र विश्वविद्यालयहरुका प्रतिनिधिहरुले काठमाडौंमा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिएका हुन् । काठमाडौंको मन्डिकाटारमा रहेको गेट कलेजमा भएको शैक्षिक परामर्शमा क्यानडामा हुने अध्ययनका विभिन्न पक्षबारे जानकारी दिइएको थियो । 

भारतको नयाँदिल्लीमा रहेको दूतावासका प्रतिनिधिहरुको प्रत्यक्ष संलग्नतामा भएको परामर्शमा विद्यार्थीहरुलाई भिसा प्रक्रिया, क्यानडामा अध्ययनको अवस्था र कोर्स, विद्यार्थीहरुको जीवन शैली लगायतबारे जानकारी गराइएको थियो । 

गेट कलेजका कार्यकारी अधिकृत खेमराज लकाइले इतिहासमै पहिलो पटक क्यानडाको सरकारी तहबाट यो पहल भएको दाबी गरे । 
विद्यार्थीहरुमा सूचनाको अभाव, समय र पैसाको बर्बादी, उपयुक्त विषय र विश्व विद्यालय छनोटमा कठिनाई लगायत समस्या देखिने गरेको बताउँदै सीईओ लकाइले परामर्शले यी सबै समस्या समाधानका लागि ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

काठमाडौंमा रहेको अल्फाबिटा इन्स्टिच्युटका सीईओ द्वीराज शर्माले क्यानडा जस्तो समृद्ध मुलुकसँग १५ वर्षदेखि निरन्तर सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । 
क्यानडा अध्ययनमा जानु अघि आवश्यक सम्पूर्ण विषयबारे जानकारी लिए अध्ययन र बसाईं सहज हुने विश्व विद्यालयका प्रतिनिधिहरुको भनाइ थियो । 

 

Logo