जनकपुरधामका सामुदायिक विद्यालयमा एक महिना बिदा

जनकपुरधामका सामुदायिक विद्यालयमा एक महिना बिदा

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ ।

उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा बुधबारदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए । विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन–पाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेण्डर बमोजिम वर्षे बिदा दिइएको प्रमुख यादवले बताए ।

विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधि लगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाएको छ ।

Logo