ब्रिजवाटर एजुकेशन फाउन्डेशन तथा रिसर्च सेन्टर शैक्षिक क्षेत्रका अनुभवी तथा प्रबुद्ध व्यक्तिहरुको अग्रसरतामा काठमाडौंको सिनामंगलमा सन् २०१० मा खुलेको शिक्षण संस्था हो ।
ब्रिजवाटर फाउन्डेशन अन्तर्गत रहेर विद्यालयतह, प्लस टु हुँदै स्नातकसम्म २०६७ सालबाट पढाइ हुँदै आएको छ । प्लस टूको शिक्षामा विशेष ध्यान दिने यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकि संकायमा अध्ययन हुँदै आएको छ ।
दक्ष शिक्षक, उत्कृष्ट अध्यापन शैली, पर्याप्त खेल मैदान, खुला ठाउँ, स्वच्छ वातावरण, पर्याप्त पुस्तकसहितको लाइब्रेरी ब्रिजवाटर एजुकेशन फाउन्डेशनका विशेषता हुन् ।
सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास, नियमित ननक्रेडिट कोर्ष, फिल्ड भिजिट, जब प्लेसमेन्ट, आई.टी कम्पनीमा इन्टर्नसिप लगायतको व्यवस्था ब्रिजवाटरले गर्दै आएको छ ।
विद्यार्थीलाई शिक्षाको विविध क्षेत्रहरुमा उनीहरुको सम्भावनाहरु पूरा गर्न र भविष्य सुरक्षित गर्ने उद्धेश्यका साथ १२ वर्ष अघि स्थापना भएको यो कलेजमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन हुने गरेको छ । दक्ष शिक्षक, उत्कृष्ट अध्यापन शैली, पर्याप्त खेल मैदान, खुला ठाउँ, स्वच्छ वातावरण, पर्याप्त पुस्तकसहितको लाइब्रेरी ब्रिजवाटर एजुकेशन फाउन्डेशनका विशेषता हुन् ।
देशकै सबैभन्दा ठूलो व्यवहारिक, नौलो र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने उद्धेश्य बोकेको यो ब्रिजवटरले किताबी ज्ञान मात्र नभइ व्यवहारिक शिक्षामा बढी जोड दिदै आएको छ ।
प्रिन्सिपल शिशिर शर्मा न्यौपानेले अनुभवी अध्यापकहरुको मेहेनतले विद्यार्थीले अनुशासन र व्यवहारिक ज्ञान प्राप्त गरेको बताउँदै ब्रिजवाटर इन्टरनेशनल कलेज शान्तिपूर्ण सिकाइको केन्द्रबिन्दु बनेको दाबी गरे ।































प्रतिक्रिया