कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीप प्रदान गर्दै आएको कलेज हो, इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) । जुन ज्ञानेश्वरमा छ ।
आइएसटी कलेजले आफूलाई अब्बल कलेजका रूपमा स्थापित गरिसकेको छ । टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यस कलेजमा ‘प्लस टु’ र स्नातक दुवै तहको अध्ययन अध्यापन भइरहेको छ।
यस कलेजले वर्षमा २ सय विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट गर्छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रियाको भोकेशनल सर्टिफिकेटसमेत पाउँछन् ।
बेकरी, बार, प्राक्टिकल किचन, प्राक्टिकल रेस्टुरेन्ट, हाउस किपिङका लागि मकअप रुम, होटल रिजर्भेसन सिस्टमलगायत सुविधाले यस कलेजलाई होटल म्यानेजमेन्ट अध्ययनका लागि उपयुक्त बनाएको छ।
साल्र्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धन लिई स्नातक तहमा अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट अध्यापनका लागि पूर्वाधार तयार गरेको हुनाले नै ‘आइएसटी’ ‘प्लस टु’ तहमा पनि होटल म्यानेजमेन्ट अध्ययनका लागि अब्बल छ।
प्रिन्सिपल सम्झना बस्न्यात आईएसटीमा अध्ययन गर्ने कुनै पनि विद्यार्थी अध्ययन पूरा गरेपछि बेरोजगार बस्नु नपर्ने बताउँछिन् । यस कलेजले वर्षमा २ सय विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट गर्छ। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रियाको भोकेशनल सर्टिफिकेटसमेत पाउँछन् ।





























प्रतिक्रिया