पूर्वकै अग्रणी शिक्षण संस्थाः मेरिल्यान्ड कलेज

पूर्वकै अग्रणी शिक्षण संस्थाः मेरिल्यान्ड कलेज

केन्द्रबिन्दु
0
Shares

विराटनगरको रंगेली रोडमा २२ वर्षअघि खुलेको मेरील्यान्ड कलेजले आवश्यकता अनुसार आफ्ना विद्यार्थीलाई अतिरिक्त र विशेष कक्षा सन्चालन गर्दै आएको छ । जसले मेरिल्यान्डको सफलता मापन गर्न सहज बनाइदिएको छ ।

‘प्लस टु’का प्राचार्य लक्ष्मण ढकाललाई पनि आवश्यकता अनुसार अतिरिक्त कक्षा र विशेष कक्षाको सहयोगमा विद्यार्थीलाई दक्ष्य र कलेजलाई अब्बल बनाउन सकिने कुरामा विश्वास लागेको छ । 

मेरिल्यान्ड कलेज स्थापनाकालदेखि अहिलेसम्म व्यवस्थापन शिक्षामै केन्द्रित छ । १५ सय हाराहारीमा विद्यार्थी अध्ययन गर्ने मेरील्यान्ड पटक–पटक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने कलेज हो ।  प्लस टूको अध्ययनमा पूर्वकै उत्कृष्ट कलेजका रुपमा मेरील्यान्डलाई लिने गरिन्छ । 

योग्यतामा विशेष ध्यान दिने मेरिल्यान्ड कलेजले विद्यार्थीको आर्थिक अवस्थालाई पनि ध्यानमा राखेर छात्रवृत्ति प्रदान गर्ने गर्छ ।

प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि मेरिल्यान्डका विशेषता हुन्। यसबाहेक विद्यार्थीको करिअर विकासका लागि मेरिल्यान्डले विशेष ध्यान दिँदै आएको छ। 

कक्षागत शिक्षण सिकाइभन्दा पेसागत सीपको विकास व्यवस्थापन शिक्षाकै मूल मर्म भएकाले मेरिल्यान्ड कलेजका गतिविधि एक सफल व्यवस्थापन शिक्षाको उदाहरण हो। 

योग्यतामा विशेष ध्यान दिने मेरिल्यान्ड कलेजले विद्यार्थीको आर्थिक अवस्थालाई पनि ध्यानमा राखेर छात्रवृत्ति प्रदान गर्ने गर्छ । योग्य र आवश्यकता भएका विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति दिने मेरिल्यान्डले अघिल्लो शैक्षिक सत्रमा मात्र ६० लाख बराबरको छात्रवृत्ति वितरण गरेको थियो । 

Logo