ग्लोबल आइएमई बैंकको “छात्रालाई छात्रवृति कार्यक्रम” कक्षा १२ सम्म निरन्तर छात्रवृत्ति

ग्लोबल आइएमई बैंकको “छात्रालाई छात्रवृति कार्यक्रम” कक्षा १२ सम्म निरन्तर छात्रवृत्ति


ग्लोबल आइएमई बैंक लिमिटेडले “छात्रालाई छात्रवृति कार्यक्रम” सुरु गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम सुरु गरेको हो ।

बैंकले यस कार्यक्रम अन्तर्गत यस वर्ष विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको जनाएको छ । यी छात्राहरुले कक्षा १२ सम्मको अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने बैंकको भनाइ छ ।

“ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रमलाई निरन्तरता दिँदै सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै जाने बैंकको प्रतिबद्धता छ । यस कार्यक्रमबाट कमजोर  आर्थिक अवस्था भएर बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम विद्यालय  शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।  

Logo