जेभियर एकेडेमीले मनायो रजत जयन्ती, महावीर पुन र अनुराधा काेइराला सम्मानित

जेभियर एकेडेमीले मनायो रजत जयन्ती, महावीर पुन र अनुराधा काेइराला सम्मानित


जेभियर एकेडेमीले आफ्नो स्थापनाको २५ वर्ष अर्थात रजत जयन्ती मनाएको छ । रजत महोत्सवका अवसरमा गत साउन १६ गते कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरेको जेभियरले बुधबार रात्रिभोजको आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख अतिथिका रुपमा उपस्थीत थिए । 

रजत जयन्तीको अवसरमा जेभियर एकेडेमीले विभिन्न शिक्षक तथा योगदानिय व्यक्तिलाई सम्मान गरेको छ । संस्थाले सामाजिक परिवर्तनका लागि विशेष पहल गरिरहेको कर्ण पोजेटिभ ट्रस्टका संस्थापक कर्ण शाक्य, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनलाई सम्मान गरेको थियो । सम्मानको राशी २ लाख ५० हजार छ । 

सन् १९९७ मा काठमाडौंको लाजिम्पाटमा स्थापना भएको जेभियर एकेडेमीमा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराइन्छ । जेभियर एकेडेमी मुलुककै उत्कृष्ट प्लस २ का रुपमा चिनिन्छ । स्थापनादेखि अहिलेसम्म ५५ सय विद्यार्थीले यहाँ अध्ययन गरिसकेका छन् । सुरुवातदेखि नै जेभियर एकेडेमी पाठ्यक्रम र अतिरिक्त कार्यक्रमका कारण उत्कृष्ट बन्दै आएको छ ।

Logo