यतिबेला सलमान खान आफ्नो विवादित शो ‘बिग बोस सिजन १६’ का कारण चर्चामा छन् ।
‘बिग बोस सिजन १६’ अक्टोबरमा सुरु हुँदैछ । ‘बिग बोस सिजन १६’ को तयारीका लागि निर्माताहरु तयारी अवस्थामा छन् । शोका केही प्रतियोगीहरुको नाम पनि सार्वजनिक भइसकेको छ । पूर्ण सूची भने आउन बाँकी नै छ । यसैबीच, निर्माताहरूले शोसँग सम्बन्धित पहिलो प्रोमो सेयर गरेका छन् । जसमा सलमानले यस पटकको शो पहिले भन्दा फरक हुने खुलासा गरेका छन् ।
उनले यस पटकको शो नियमविहीन हुने र बिग बोस पनि शोको हिस्सा हुने बताएका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने, यस पटक शो ‘एक्वा’ थिममा हुनेछ ।
सलमान खान आफ्नो लग्जरी जीवनशैलीका लागि परिचित छन् । उनी सुटिङ गर्न जाँदा भ्यानिटी भ्यान लिएर जान्छिन् । रिपोर्टका अनुसार उनको भ्यानिटी भ्यानको मुल्य करिब ४ करोड भारु रहेको छ । सलमानको भ्यानिटी भ्यानमा घरजस्तै सबै सुविधाहरु छन् । रिपोर्टका अनुसार यसलाई एक चलिरहेको विलासी दरबार पनि भन्न सकिन्छ । सलमानको यो भ्यानिटीमा टिभी, फ्रिज, बेडदेखि लिएर आवश्यक सम्पुर्ण सामग्रीहरु उपलब्ध छन् । कयौं पटक सलमानले यो भ्यानिटी भ्यानलाई जिममा परिणत गरेका छन् ।
सलमान हाल फिल्म ‘किसीका भाइ किसीकी जान’ फिल्म सुटिङमा व्यस्त छन् । फिल्ममा उनीसँगै पूजा हेगडे मुख्य भूमिकामा छिन् । सलमान खानको आगामी फिल्म टाइगर ३, किक २, बजरंगी भाईजान २, नो एन्ट्री लगायत हुन् । टाइगर ३ सन् २०२३ को इदको अवसरमा रिलिज हुनेछ । साथै बाँकी सबै फिल्मको छायांकन पनि छिट्टै सुरु हुनेछ ।































प्रतिक्रिया