‘पहाडको थुम्कोमा’ सिताराम र अनु

‘पहाडको थुम्कोमा’ सिताराम र अनु


बिगत तीन दशकदेखि निरन्तर गायन यात्रामा सक्रिय बरिष्ठ गायक सिताराम पोखरेलको २७औं म्यूजिक भिडियो दशैंको अवसरमा सार्वजानिक भएको छ । 

रुपक बनवासीको शब्द र राज सागरको संगीत सिर्जनमा तयार भएको पहाडको थुम्को बोलको गीतको भिडियो आजरेस्क्यू क्रियसनको युवट्वयु च्यानलमार्फत सार्वजानिक गरिएको छ । मुस्ताङ जिल्लाको अति रमणीय स्थलहरु जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रहरुमा यस गीतको भिडियो छायाँकन गरिएको हो । 

भिडियोमा गायक पोखरेललाई नायिका तथा मोडल अनु शाहले साथ दिएकी छन् । लामो समयदेखि भिडियो निर्देशनमा सक्रिय निर्देशक समन अधिकारीले यो भिडियोलाई निर्देशन गरेका छन् । अनिल कटवालको छायाँकन तथा सम्पादन रहेको यो भिडियो रोमान्टिक माया प्रेमको कथामा बनाइएको छ । 

सधैं बहुचर्चित नायिकाहरु, मोडलहरु र मिस नेपालसंग स्क्रिन शेयर गरेर चर्चामा आउने गायक पोखरेल आफ्ना गीतको म्यूजिक भिडियो गुणस्तरीय बनाउन सधैं सक्रिय रहन्छन् । यो गीत र भिडियो पनि दर्शकहरुले मन पराउनेमा गायक पोखरेल विश्वस्त छन् । साथै आगामी दिनहरुमा पनि गीत/संगीतमा निरन्तर लागिरहने गायक पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

Logo