साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड

साउथ इण्डियन चलचित्र ‘पुष्पा’ले तोड्यो आरआरआरको ओभरसिज बिक्री रेकर्ड

केन्द्रबिन्दु
0
Shares

साउथ इण्डियन स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ रिलिजपछि निकै नै चर्चामा आएको थियो । अब फ्यानहरू यो फिल्मको दोस्रो भाग ‘पुष्पा : द रुल’को प्रतिक्षामा छन् ।

भारतपछि रुसमा रिलिज हुने यो फिल्मको ओभरसिज थियट्रिकल राइट्स महंगो रकममा बिक्री हुने भएको छ । यो फिल्म ८० करोड रुपैंयाँभन्दा बढीमा बिक्री हुन लागेको हो ।

यसको मूल्य आधिकारिक रुपमा तय भए पनि निर्माता र किन्ने पक्षबीच आधिकारिक रुपमा सम्झौता भइसकेको छैन । यो मूल्य फिल्म ‘आरआरआर’ भन्दा पनि महंगो हो । फिल्म ‘आरआरआर’को ओभरसिज थियट्रिकल राइट्स ७० करोड रुपैयाँकाे थियाे ।

यो फिल्मको रिलिजबारे आधिकारिक सूचना बाहिर आएको छैन । तर, फिल्मनिकट स्रोतका अनुसार फिल्म सन् २०२३ को अगष्टमा रिलिज हुने छ ।

Logo