निर्देशक शर्मा आजबाट नयाँ हास्यँ टेलिसिरियल ‘आम्मै’ लिएर आउँदै

निर्देशक शर्मा आजबाट नयाँ हास्यँ टेलिसिरियल ‘आम्मै’ लिएर आउँदै

केन्द्रबिन्दु
0
Shares

निर्देशक एवं कलाकार प्रभाकर देव शर्मा नयाँ पारिवारिक हाँस्य टेलिश्रृङखला ‘आम्मै’ लिएर दर्शक माझ आउँदै छन् ।

हिल्सहोम थिएटर र विकासराज जोशीको प्रस्तुति रहेको टेलीश्रृङखला ‘आम्मै’ आजबाट प्रत्येक सोमबार बेलुकी ८ः३०बजे ईमेज च्यानल र ९ बजे ओएसआर मुभिजबाट प्रसारण हुने बताइएको छ ।

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा कार्यक्रम तथा योजना शाखा प्रमुखका रूपमा कार्यरत शर्मा टेलीश्रृङखला निर्देशनमा पनि सक्रिय छन् । उनले लौमार्यो, घातप्रतिघात, जिवनचक्र, लौन भुतुक्कै पार्यो, अपराधी को ?, आमा, मेमसाब, थोरै भए पुगिसरी लगायत थुप्रै टेली श्रृङखलाहरु निर्देशन गरिसकेका छन् । 

यस टेलिसिरियलमा कलाकारहरु निर्देशक शर्मासहित धनराम मुस्कान, नवराज भण्डारी, राजन थापा, पुष्पराज अवस्थी, अनामिका लामिछाने, सेबिता अधिकारी, संगमराई, आशिका बस्नेत, लक्ष्मण भण्डारी लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ । 

त्यसैगरी यसको लेखन राजन थापाले गरेका छन् । मदन महर्जनको छायांकन, ओमप्रकाश अवस्थी (ईश्वर)को सम्पादन, बिपिन घिमिरे र शिला बिष्टको स्वर, गोबिन्द दुलालको व्यवस्थापन रहेको सिरियल आम्मैको मुख्य सहायक निर्देशन भने पुष्पराज अवस्थीको छ। 

Logo