बलिउडका अभिनेता विवेक ओवराय काठमाडौं आइपुगेका छन् ।
उनी बुधबार साँझ परिवारसहित काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले हजारौँ वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता रहेको भन्दै नेपाल आउन पाउँदा एकदमै खुशी भएको प्रतिक्रिया दिए । विवेकलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन् ।
एक साता नेपालमा रहँदा उनले काठमाडौंमा पशुपतिनाथको दर्शन गर्नुका साथै सगरमाथा बेसक्याम्प, लुम्बिनी र पोखरालगायत स्थानमा भ्रमण गर्नेछन् । उनी केही कार्यक्रममा समेत सहभागी हुनेछन् ।





























प्रतिक्रिया