चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शनमा आउने

चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शनमा आउने

केन्द्रबिन्दु
0
Shares

नेपाली कथानक चलचित्र ‘ह्यारीकी प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शनमा आउने भएको छ ।

आइतबार काठमाडौंको हात्तिसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको मिडिया अन्तरक्रियामा पत्रकारहरुसँग कुरा गर्दै चलचित्रका कथाकार सुदीप बरालले चलचित्रले नेपालमा पछिल्लो समयक्रममा भइरहेको तर बाहिर नआएको विषयवस्तुलाई चलचित्रमा समेटिएको बताए । उनले थपे- ‘हामीले चलचित्रलाई पाँच वटा भाषामा तयार पारेका छौं । त्यसैले चलचित्रले राम्रो बजार लिनेमा ढुक्क छौं ।’

चलचित्रमा मुख्य पात्रको भूमिकामा रहेका जितु नेपालले चलचित्रले विशुद्ध मनोरञ्जनात्मक र सामाजिक विषयवस्तुलाई उठान गरेको जानकारी दिए । उनले थपे- ‘यस चलचित्रमा मैले यसअगाडि गरिरहेको भूमिका र यस चलचित्रमा गरेको भूमिका निकै नै फरक र चुनौतीपूर्ण रहेको छ ।’ दर्शकले यस चलचित्रलाई मन पराउनेमा विश्वस्त रहेको उनी बताउँछन् ।

चलचित्रमा प्यारीको भूमिकामा देखिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रले समाजको घटनालाई देखाउन खोजेको बताइन् ।

चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायतको अभिनय रहेको छ । चलचित्रको कथा र निर्देशन डा. कपिल रिजालले गरेका हुन् ।

Logo