चौथो ओएसनेपाल म्युजिक अवार्डका लागि खुल्यो आवेदन

चौथो ओएसनेपाल म्युजिक अवार्डका लागि खुल्यो आवेदन


चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । 

‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएसनेपाल म्युजिक अवार्ड -२०८०’ आयोजना गर्न लागेको आयोजक ओएसनेपाल मिडिया प्रालिले जनाएको छ । अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ । जसमा सहभागिता जनाउन देश तथा विदेशबाट सजिलै फारम भर्न सकिने प्रालिले जनाएको छ । 

यसका लागि एप्लिकेसन पाटनरका रुपमा नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रो रहेको छ भने अवार्ड र फारमसम्बन्धी थप जानकारीका लागि ओएस नेपालको अनमानगर स्थित कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिनेछ ।

Logo