‘टाइगर बनाम पठान’मा शाहरुख र सलमानको द्वन्द्व

‘टाइगर बनाम पठान’मा शाहरुख र सलमानको द्वन्द्व

केन्द्रबिन्दु
0
Shares

अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्सअफिसमा धमाल नै ग-याे । यो फिल्मले भारतमा मात्र ५ सय करोडको कलेक्सन ग-याे । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय थियो । 

फिल्ममा अभिनेता सलमान खानले पनि केमियो गरेका थिए ।

अब चाँडै नै दर्शकले शाहरुख र सलमानलाई अर्को फिल्म ‘टाइगर बनाम पठान’मा एकसाथ देख्ने भएका छन् । यशराज फिल्मस्को स्पाई युनिभर्सबाट निर्माण हुने नयाँ फिल्मको तयारी सुरु भइसकेको छ । फिल्ममा शाहरुख र सलमान एकअर्काका विरोधी हुनेछन् । फिल्मको सुटिङ २०२४ को जनवरीबाट सुरु हुनेछ ।

‘टाइगर बनाम पठान’अघि शाहरुख र सलमान फिल्म ‘टाइगर ३’मा एकसाथ देखिँदैछन् । कटरीना कैफको समय अभिनय रहने फिल्ममा शाहरुखको कमियो हुनेछ । सलमानको ‘टाइगर ३’ नोभेम्बर १० मा रिलिज हुँदैछ ।  

Skip This
Skip This
Logo