बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ सुक्मित गुरुङलाई

बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ सुक्मित गुरुङलाई

केन्द्रबिन्दु
0
Shares

हरेक बर्ष श्रस्टा सम्मानमा ठूलो धनरासीसहित सम्मान गर्दै आइरहेको बिन्ध्यबासीनि म्युजिकले यो बर्षको संगीत साधना सम्मान अग्रज गायिका सुक्मीत गुरुङलाई समर्पण गर्ने भएको छ । 

आगामी २२ वैशाखमा हुने बिन्ध्यवासिनी म्युजिक अवार्डको १३औं संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । 

बिन्ध्यवासिनी म्युजिक अवार्डको १३औं संस्करण कार्यक्रममा उनलाई संगीत साधना सम्मानबाट सम्मानित गर्न लागिएको हो । 

यसअघि बिन्ध्यवासिनि संगीत साधना सम्मानबाट भजन शिरोमणी भक्तराज आचार्य, बि.सं. २०७०, संङ्गीतकार सम्भुजित बास्कोटा बि.सं.२०७१, संङ्गीतकार शक्ति बल्लभ बि.सं.२०७२,गीतकार.कृस्णहरि बराल  बि.सं. २०७३,गायक दिप श्रेष्ठ  बि.सं. २०७४,गायिका ज्ञानु राणा बि.सं. २०७५,गायकदिपक खरेल  बि.सं. २०७६,गायिका कुन्ती मोक्तान बि.सं.२०७७ र गायिका तारा थापा बि.सं. २०७८ सम्मानित भइसकेको बिन्ध्यवासिनि म्युजिकले जनाएको छ । 

बिन्ध्यवासीनि म्युजिकले श्रस्टाका सम्मानमा समर्पण गर्ने सम्मानमा लाईफ टाईम अचिभमेन्ट अवार्ड १ लाख रूपैयाँ, संगीत साधना सम्मान ५० हजार रूपैयाँ,प्रेमध्वज संगीत रत्न सम्मान २५ हजार रूपैयाँ र कला पत्रकारिता सम्मान २५ हजार रूपैयाँ धनरासीका रहेका छन् । 

निजी क्षेत्रबाट यति ठूलो धनरासीको सम्मान नेपाली संङ्गीत ईतिहासमै पहिलो हो ।

निजी क्षेत्रबाट यति ठूलो धनरासीको सम्मान नेपाली संङ्गीत ईतिहासमै पहिलो हो । यसका अलावा यसै बर्षबाट बिन्ध्यबासिनि फाउन्डेसनले २५ हजार रूपैयाँ धनरासी सहितको "झलकमान लोक संगीत सम्मान" को घोषणा गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको सिफारिस बमोजिम कुनै एक लोक श्रस्टा/प्रस्तोतालाई यो सम्मान प्रदान गरिने कुरा बिन्ध्यबासीनि फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले बताइन् ।

Logo