‘प्रेमध्वज संगीत रत्न सम्मान’ युवा गायक संङ्गीतकार ढुङ्गानालाई

‘प्रेमध्वज संगीत रत्न सम्मान’ युवा गायक संङ्गीतकार ढुङ्गानालाई

केन्द्रबिन्दु
0
Shares

बिन्ध्यबासीनि म्युजिक अवार्डको १३औं संस्करण आगामी वैशाख २२ गते सम्पन्न हुँदैछ । सो समारोहमा २१ बिधामा अवार्ड वितरण हुने र ५ बिधामा श्रस्टा सम्मान हुने आयोजक संस्था बिन्ध्यबासीनि फाउन्डेसन ले जनाएको छ । 

बिन्ध्यबासीनि म्युजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड संङ्गीतकार प्रकाश गुरुङ लाई, बिन्ध्यवासीनि संगीत साधना सम्मान गायिका सुक्मीत गुरुङलाई, बिन्ध्यवासीनि कला पत्रकारीता सम्मान नरेश भट्टराईलाई र प्रेमध्वज संगीत रत्न सम्मान गायक संङ्गीतकार भबिन ढुङ्गानालाई प्रदान गरिने भएकाे छ । 

यसअघि "बिन्ध्यवासिनी संगीत रत्न" सम्मानबाट गायिका अन्जु पन्त बि.सं. २०७१, गायक राजेश पायल राई  बि.सं.२०७२, गायक रामकृष्ण ढकाल बि.सं.२०७३, गायिका रिमा गुरुङ होडा बि.सं. २०७४, गायक संङ्गीतकार सुगम पोखरेल बि.सं. २०७५, संङ्गीतकार हरि लम्साल बि.सं. २०७६, गायिका मान्डबि त्रिपाठी बि.सं. २०७७ सम्मानित भएको फाउन्डेसनले उल्लेख गरेको छ । 

सम्मानको आठौँ संस्करणबाट सो सम्मान अग्रज श्रस्टा प्रेमध्वज प्रधानप्रति समर्पण गर्दै "प्रेमध्वज संगीत रत्न सम्मान" नामाकरण भएको थियो । त्यसलगत्तै गायक संङ्गीतकार अजर जंगमले बि.सं. २०७८ मा यो सम्मान पाएका थिए । नगद रु २५ हजार धनरासी सहितको 'प्रेमध्वज संगीत रत्न सम्मान २०७९' गायक संङ्गीतकार ढुङ्गानाले प्राप्त गर्नेछन् । 

Skip This
Skip This
Logo