एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र पारिएको छ । लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तीव्र बनाएको हो ।

नायिका पूजा शर्माले लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरेकी हुन् । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो ।

लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियान नै चलाएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की "लक्की"ले टिसर्ट मोफसल टूर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टूर देशका मुख्य शहरमा पुग्नेछ । पहिलो टूर बाग्लुङ हुने जनाइएको छ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डबारे जानकारी गराउने अभियान छिटै चल्ने उनले बताए।

टिसर्ट सार्वजनिक कार्यक्रममा चितवनका युवा उधमी तथा वरिष्ठ समाजसेवी विजय बहादुर घले, वरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय सुवेदी आवाज, युवा उधमी सुरज तिवारी, अवार्ड कार्यक्रम संयोजक राजेश शर्मा आचार्य लगायतको सहभागिता रहेको थियो ।

टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रालिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।

Skip This
Skip This
Logo