गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ । दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्।
भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवार फिचर्ड छन्। अमेरिकामा छायाँकन गरिएको यस भिडियोलाई विक्की पुलामीको छायाँकन र निर्देशनमा तयार पारिएको हो। भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। भिडियो गायिका लाम्गादेको युट्युव च्यानल ‘उर्मिला लाम्गादे’ मार्फत सार्वजनिक भएको हो।
अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी गायिका लाम्गादेको स्वरमा समावेश यसअघि ‘जवानी ताजा ताजा छ’, ‘माया बैगुनी’, ‘लिन आउछु भन्थ्यौ’ लगायत गीतहरु सार्वजनिक भैसकेका छन् । गायनसंगै अभिनयमा समेत रुचि राख्ने लाम्गादेले ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा समेत अभिनय गरिसकेकी छिन्।





























प्रतिक्रिया