ब्रेकअपको २० वर्षपछि रविना र अक्षय देखिए साथमा

ब्रेकअपको २० वर्षपछि रविना र अक्षय देखिए साथमा

केन्द्रबिन्दु
0
Shares

रविना टण्डन र अक्षय कुमार २० वर्षपछि एकसाथ देखिएका छन् । हालै निकै भाइरल भइरहेको एक भिडियोमा रविना टण्डन र अक्षय कुमार एकअर्काको निकै नजिक देखिएका छन् । भिडियोमा दुवैको अनुहारमा देखिएको मुस्कानबाट दुवै एकअर्कासँग निकै खुसी रहेको स्पष्ट देखिन्छ । यी दुई स्टारलाई लामो समयपछिसँगै देख्दा फ्यान पनि निकै खुसी छन् । अचम्मको कुरा के छ भने अवार्ड शोमा अक्षय कुमारलाई ‘स्टाइल हल अफ फेम’ को अवार्ड रविना टण्डनले नै दिएकी हुन् । 

बलिउडमा अक्षय कुमार र रविना टण्डनबीचको प्रेमले धेरै समय चर्चा पाएको थियो । दुबै जना बिवाह गर्न चाहन्थे । फिल्म ‘मोहरा’ को सेटमा उनीहरु एकअर्काको प्रेममा परेका थिए । दुवैले इन्गेजमेन्ट पनि गरेका थिए । तर यी दुई जोडीको विभिन्न कारणवस बिवाह हुन सकेन ।

५५ वर्षका अक्षयले अभिनेत्री ट्विंकल खन्नासँग विवाह गरे । अक्षय कुमार १ सन्तानका पिता हुन् भने ४८ वर्षीया रविनाले व्यापारी अनिल थडानीसँग विवाह गरेकी छन् । उनी पनि दुई सन्तानकी आमा हुन् ।

Logo