झापाको बेलडांगीमा आजदेखि भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै प्रतियोगिता आयोजना हुन लागेको हो ।
फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीका अनुसार प्रतियोगिताले प्रतिभा भएका तर ओझेलमा परेका प्रतिभाहरूको खोजी गर्ने उदेश्यले भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जसमा ७० जनाले डिजिटल अडिसन दिएकामध्ये २० जना छानिएका थिए ।
जसमध्ये शनिबार पहिलो चरणको प्रतिस्पर्धामा डिजिटल अडिसनबाट छनोट भएका २० जनाले सहभागीता जनाउने छन् । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन्। कार्यक्रममा पहिलो भुटनिज गायक प्रताप सुब्बाको पनि उपस्थिति रहनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५ लाख , द्वितीय हुनेले ३ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार नगद प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया