टाइगर ३ को एउटै एक्सन सेटमा ३० करोड खर्च

टाइगर ३ को एउटै एक्सन सेटमा ३० करोड खर्च

केन्द्रबिन्दु
0
Shares

बलिउडमा हालसम्म सबैभन्दा बढी कमाई गर्न सफल फिल्म ‘पठान’मा शाहरुख खान र सलमान खानको एकसाथ उपस्थिति दर्शकका लागि उत्कृष्ट स्वाद बन्यो ।

उनीहरुको एक्सन सिक्वेन्सलाई दर्शकले निकै मनपराए । अब यो फिल्मपछि शाहरुख र सलमान यशराज फिल्मसअन्तर्गत स्पाई युनिभर्सको आगामी स्पाई थ्रिलर फिल्म ‘टाइगर ३’ मा एकसाथ देखिँदैछन् । ‘पठान’मा सलमानको केमियो भए जस्तै ‘टाइगर ३’ मा शाहरुख क्यामियो गर्दैछन् ।

फिल्म निर्माताले फिल्मको एक एक्सन दृश्यका लागि ३० करोड रुपैंयाँ खर्च गरेका छन् । फिल्ममा शाहरुख र सलमानको यो एक्सन दृश्य एक बाइक चेज सिक्वेन्सको हुनेछ ।

फिल्म ‘पठान’मा दुवैले शाहरुख र सलमानको एक्सन दृश्य एक रेल भित्र भइरहँदा ‘टाइगर ३’मा भने उनीहरुले एक पुलमा एक्सन कला देखाउनेछन् । यो एक्सन दृश्य फिल्मकै सबैभन्दा ठूलो एक्सन दृश्य हुने बताइएको छ । तर यो दृश्यमा फिल्मका मुख्य भिलेन इमरान हासमी र प्रमुख अभिनेत्री कटरीना कैफ भने देखिने छैनन् ।

यो एक्सन दृश्य मड आइलेण्डमा खिचिरहिएको छ । एक्सनका लागि एक ठूलो सेट बनाइएको छ । जसमा ५ दिन सुटिङ भइसकेको छ भने अब करिब ८ दिनमा सुटिङ पुरा हुनेछ । यो सेटका लागि निर्माताले ३० करोड रुपैंयाँ खर्च गरिसकेका छन् । फिल्ममा मनीष शर्माको निर्देशन छ ।

Logo