‘संगीतसँग यात्रा’ सम्पन्न

‘संगीतसँग यात्रा’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५औं वसन्त पार गरेको आवसरमा रेशराज प्रोडक्शन प्रा.लि.को आयोजनामा ‘संगीतसँग यात्रा’ कायर्मक्रम सम्पन्न भएको छ ।

काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को ट्रेलर पनि सार्वजनिक गरियो । वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने कलाकारहरूमा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ साउण्ड डिजाइनर दीप रत्न तुलाधर, राष्ट्रवादी नायक÷निर्माता तथा निर्देशक नवल खड्का, वरिष्ठ गीत तथा कथाकार मीन सागर लामा, वरिष्ठ संगीतकार आभाष फुयाँल, वरिष्ठ गायक, संगीत संयोजक तथा संगीतकार पवन वाङ लामा, वरिष्ठ वाद्यवादक भरत बुढाथोकी, वरिष्ठ गीतकार दुर्गा लामा, गायक पञ्चमान तामाङ (शैलाब वाईवा), गायक उत्सव सुब्बा लामा र गायक मरिचमान तामाङ साथै अन्य चर्चित कलाकारहरु रहेका छन् । 

‘चलचित्रका नायकहरू आउँछन्, एकदुई वर्षमै गायब हुन्छन् तर गीत संगीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन्,’  मोहन निरौलाले भने, ‘त्यसैले गीत संगीतलाई महत्व र मान्यता दिन सकिएमा हाम्रो संगीतको स्तर बढ्दै जानेछ, जसले अन्ततः देशलाई नै फाइदा पुग्नेछ ।’

कार्यक्रम रेशराज प्रोडक्शन प्रा.लि.का अध्यक्ष गायक रेशम कुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।  

Skip This
Skip This
Logo