लोकप्रिय हास्यश्रृंखला ‘सक्किगोनि’ आजबाट प्रशारण हुने

लोकप्रिय हास्यश्रृंखला ‘सक्किगोनि’ आजबाट प्रशारण हुने


लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज बिहीवारदेखि प्रशारण हुने भएको छ । 

एभरेस्ट हेडलाइन्स डिजिटल (इएच डिजिटल) मा सार्वजनिक भएकाे टिजर कार्यक्रममार्फत  प्रसारण गर्ने मिति तय भएअनुरुप आज विहिवार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भएलगत्तै बेलुका ९ बजे इएच डिजिटलमा प्रशारण हुने बताइएकाे छ । 

काभ्रेपलाञ्चाेक जिल्लाकाे पाँचखालमा छायांकन भइरहेकाे सक्किगाेनिमा पुरानै कलाकारकाे बाहुल्यता रहेकाे छ भने केही नयाँ अनुहार देखिनेछन् । सिजन ३ काे रुपमा पर्दापण हुन लागेकाे सक्किगाेनि झण्डै ४ महिनापछि नयाँ स्वरुपमा आउन लागेकाे हाे । 

सिजन -२ पछि केही समयकाे विश्राम लिइ नयाँ जाेश जाँगर र कथा शैलीका साथ आउन लागेकाे हाे । दर्शककाे चाहना र स्वादलाई द‍ृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताकाे तस्तै उतारिएकाे बताइएकाे छ ।

दर्शककाे बहुप्रतिक्षामा रहेकाे सक्किगाेनि मनाेरञ्जन दिने मात्र नभइ शिक्षा र अभिप्रेरणा दिने खालकाे हुने बताइएकाे छ । यसकाे टिजरमा कतार उड्‍न लागेको एक पात्रलाई चित्रण गरिएको छ । जुन आँखा रसाउने खालकाे छ । कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेकाे यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माण हुने बताइएकाे छ । 

Logo