किशोर कुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपुर

किशोर कुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपुर


हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन्।

कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन्। अभिनेता आमिर खान जस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन्। अब यो लाइनमा रणवीर कपुर पनि आएका छन्।

यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन्। यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनेता रणवीर सिंह जोडिने सम्भावना देखिएको छ।

निर्देशक अनुराग बसु लामा समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए। तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ।

केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए। उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए। रणवीरले फिल्म ‘एनिमल’पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छनैन्। ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन्।

Logo