करिनाको बाथरुममा सलमानको पोस्टर !

करिनाको बाथरुममा सलमानको पोस्टर !

केन्द्रबिन्दु
0
Shares

अभिनेता सलमान खानको फिल्म ‘मैने प्यार किया’ जब रिलिज भयो, उनी रातारात स्टार बने।

फिल्मको सफलताले उनलाई ठूलो स्टार बनाइदियो। त्यो समयमा करीना कपूर सलमानको लोकप्रियता देखेर फिदा भइन्। रोचक कुरा त के भने उनले सलमानको पोस्टर बाथरुममा नै राखिन्।

तर,केही समयपछि उनले त्यो पोस्टर हटाइन्। कारण बने, अभिनेता राहुल रोय किनकी केही समयपछि अभिनेता राहुल फिल्म ‘आशिकी’बाट स्टार भएका थिए। सलमानले आफ्नो करियरमा करिनाकी दिदी करिश्मा कपूर र करिना दुवैसँग सहकार्य गरेका छन्। सलमानले करिश्माका साथ ‘जुडुवा’, ‘अन्दाज अपना अपना’ र ‘जीत’ जस्ता फिल्ममा काम गरेका थिए। त्यही समयमा करिना स्कुलमा पढिरहेकी थिइन्।

सलमानले ‘दशका दम’मा करिनासँग जोडिएको यो रोचक किस्सा सुनाएका थिए। ‘त्यो समय करिश्मा र म ‘निश्चय’को सुटिङ गरिरहेका थियौँ। करिश्माले मलाई बेबो (करिना)ले आफ्नो बाथरुममा मेरो पोस्टर लगाएको सुनाइन्। तर त्यसपछि ‘आशिकी’ रिलिज भएपछि उनले मेरो पोस्टर हटाएर राहुल रोयको पोस्टर लगाइन्।

करिनाले स्वयं आएर मलाई बाथरुममा मेरो पोस्टर नभएको र उक्त स्थानमा राहुल रोयको पोस्टर राखेको सुनाइन्’, सलमानले भनेका छन्। ‘दशका दम’मा त्यो बेला करिश्मा र करीना दुवै थिए। सलमानको कुरा सुनेर करीना हाँसेकी थिइन्। करिनाले सलमानका साथ ‘बडीगार्ड,‘बजरंगी भाइजान’ र ‘मे और मिसेज खन्ना’ जस्ता फिल्ममा अभिनय गरेकी छन्। 

Skip This
Skip This
Logo