लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन् । आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भागका रुपमा ‘दमाई महाराज’ ल्याउने तयारी गरेको उनले जानकारी दिएका हुन् ।
‘बोलमाया’ भाग २ ले हाम्रो अन्धविश्वास र जातप्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्ने छ’ प्रकाशले फेसबुकमा लेखेका छन् । उनको पछिल्लो गीत ‘सकम्बरी’ यतिबेला पनि चर्चामा छ ।
बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथामा उनले चार वर्षअघि ‘बोल माया’ ल्याएका थिए । हाल दुबईमा रहेका प्रकाशले आइतवार फेसबुकमार्फत ‘दमाई महाराज’ ल्याउँदै गरेको जानकारी गराएका हुन् । यो सिर्जना जातीय विभेदविरुद्धको हुने बताइएको छ ।





























प्रतिक्रिया