अभिनयबाट ब्रेक लिँदै स्पाइडर मेन टम

अभिनयबाट ब्रेक लिँदै स्पाइडर मेन टम

केन्द्रबिन्दु
0
Shares

हलिउड अभिनेता टम हाेल्याण्डले अभिनयबाट ब्रेक लिने निर्णय लिएका छन् ।

‘स्पाइडर मेन’ फेम्ड अभिनेता टमले सिरिज ‘द क्राउडेड रुम’को काम पुरा गरेपछि एक वर्षका लागि अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । उनले ब्रेक लिने कारण पनि बताएका छन् । उनले सिरिजमा निकै मेहनत गरेको र त्यो काम गर्नु आफ्ना लागि चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । यो सिरिज गत जुन ९, २०२३ मा एप्पल टिभीमा रिलिज भएको थियो । 

२७ वर्षे टम यो सिरिजका निर्माता पनि हुन् । ‘मलाई यो सिरिजमा अभिनय र निर्माण गर्दा दबाब थप बढ्यो । त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएँ’, उनले भनेका छन् ।

सिरिजमा उनले डेनी सुलिवनको भूमिका निभाएका छन् । यो सिरिजले मानसिक बिरामीबाट पीडित भए पनि सफल जीवन बाँच्नका लागि संघर्षरत व्यक्तिहरुको प्रेरणादायी कथा प्रस्तुत गरेको छ ।

Skip This
Skip This
Logo