सिजनालाई स्पेस एण्ड डिजाइन एक्सो-२०२३ काे उपाधि

सिजनालाई स्पेस एण्ड डिजाइन एक्सो-२०२३ काे उपाधि

केन्द्रबिन्दु
0
Shares

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक भएको ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सहभागीमध्ये सजिना सुवालले पहिलो उपाधि हात पारेकी छन्।  

त्यस्तै आईआईएफटीमा अध्यनरत छात्रछात्राहरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियरहरुको छाता संगठन आइडिया नेपालका पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी क्रमशः द्वितिय र तृतीय हुँदा दीक्षित खड्का ‘पब्लिक च्वाइस’ घोषित भएकि  हुन्।

विजेताहरुलाई सांसद प्रदिप पौडेल र पूर्वमन्त्री भीमसेन दास प्रधानले नगद तथा ट्रफी वितरण गरेका थिए। नेपोभीट टैल्सको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो। 

कार्यक्रममा आईआईएफटीकी निर्देशक विपना थापाले एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा राखेको बताइन्। सिटी सेन्टरमा गत शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले आ–आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राखेको थिए।

Logo