‘कसौटी जिन्दगी कि’ अभिनेता शीजानमाथि घरेलु हिंसाको आरोप

‘कसौटी जिन्दगी कि’ अभिनेता शीजानमाथि घरेलु हिंसाको आरोप

केन्द्रबिन्दु
0
Shares

एक समयको चर्चित भारतीय टेलिफिल्म ‘कसौटी जिन्दगी कि’ फेम्ड अभिनेता शीजान खानमाथि  घरेलु हिंसाकाे आरोप लागेकाे छ।उनीमाथी अमेरिकामा बस्ने आयशा पिरानी नामकी महिलाले घरेलू हिंसा र जबरजस्ती पैसा असुलीको आरोप लगाएकी हुन्।

ती महिलाले आफू शीजानको पत्नी भएको भन्दै अभिनेताविरुद्ध एफआईआर दर्ता गराएकी छन्। आयशाले आफूलाई शीजानले हातपात पनि गरेको दाबी गरेकी छन्। ‘उसले मलाई कोठामा बन्द गर्थ्याे र स्काइपमा अन्य युवतीहरुसँग फ्लर्ट गथ्र्यो। उसले मलाई तिमीसँग विवाह गरे,तिमीलाई आफ्नो जीवन दिन सकिन भन्थ्यो। यो उसको नियम संवाद थियो। मैले फलफूल ल्याउन बिर्सदा उसले मलाई यस्ता शब्द प्रयोग गर्थ्याे कि अहिले म त्यो भन्न सक्दिनँ’,उनले भनेकी छन्।

आयशाको दाबी अनुसार शीजानले सन् २०१५ मा उनीसँग विवाह गरेका थिए। तर अभिनेताले उनलाई विवाह गरेको कुरालाई लुकाई राख्न भनेका थिए। त्यसको केही समयपछि शीजानले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्न लगाएका थिए। ‘म एक मुस्लिम महिला हुँ र मुस्लिम कानून अनुसार म अहिले पनि विवाहित छु। मैले उसलाई खर्च गरेको पैसा म असुल्न चाहन्छु। उसको कारण म मानसिक रुपमा जे भोगिरहेको छु, मलाई त्यसको मुआब्जा चाहिएको छ। म विवाह गर्न चाहन्छु र कानूनी रुपमा मुस्लिम कानून अनुसार ‘खुलानामा’ चाहन्छु’,आयशाले भनेकी छन्।

आयशाले गत ७ जूनमा अभिनेतामाथि एफआईआर दर्ता गराएकी थिइन। उनले शीजानले ग्रीन कार्ड पाउनका लागि आफूलाई उपयोग गरेको आरोप लगाएकी छन्। उनले खानसँग ८ लाख रुपैयाँ मुआब्जा मागेकी छन्।

Skip This
Skip This
Logo