थलपति विजय टाइम्स स्क्वायरमा देखिने पहिलो तमिल अभिनेता

थलपति विजय टाइम्स स्क्वायरमा देखिने पहिलो तमिल अभिनेता

केन्द्रबिन्दु
0
Shares

थलपति विजय साउथ फिल्मका सुपरस्टार हुन्। पछिल्ला केही वर्षमा उनको लोकप्रिय निकै बढेको छ । उनका फ्यान फलोइङ भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छन्। विजय आगामी जुन २२ मा जन्मदिन मनाउँदैछन्। यसपटक उनलाई फ्यानले विशेष उपहार दिँदैछन्। विजय हालका दिनमा नयाँ फिल्म ‘लियो’को सुटिङमा व्यस्त छन्।

अमेरिकामा रहेका उनका फ्यानले हालैमात्र न्यूयोर्कको टाइम्स स्क्वायर बिलबोर्डमा विजयको एक भिडियो प्रदर्शन गरिएको थियो। जुन भिडियोमा उनका कैयौं तस्वीर देखाइएका थिए। भिडियोकाे अन्त्यमा उनका फ्यानले उनलाई शुभकामना दिएको देखाइएको थियो।

टाइम्स स्क्वायर बिलबोर्डमा देखिने अवसर पाएका विजय पहिलो तमिल अभिनेता हुन्। विजय अभिनित फिल्म ‘लियो’मा लोकेश कनागराजको निर्देशन छ। यो फिल्म अक्टोबर १९ मा रिलिज हुँदैछ। फिल्ममा उनको अपोजिटमा तृषा देखिँदैछिन् भने सञ्जय दत्त भिलेन चरित्रमा छन्।

Skip This
Skip This
Logo