अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ।

क रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखी १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रको समूह सहभागी थिए।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा गएको टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको संगीत संयोजन थियो।

मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरब काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएका थिए।स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरब कालीबाट र समापन नेपाली चरिया नृत्य कुमारीबाट गरिएको थियो।

Skip This
Skip This
Logo